मन्थली बजारमा बालेन शाह: स्थानीयसँग भेटघाट, फलफूल र जुस किनमेल

theoutsidenepal.com

रामेछाप — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका युवा नेता, झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले रामेछापको मन्थली बजारमा फलफूल र जुस किनमेल गर्दै स्थानीयसँग भेटघाट गरेका छन्।

चुनावी अभियानकै क्रममा मन्थली पुगेका शाहले बजार क्षेत्रको अवलोकन गर्दै स्थानीय व्यापारी तथा सर्वसाधारणसँग संवाद गरे। उनले स्थानीय उत्पादनको प्रवर्द्धन, युवाको रोजगारी र समग्र आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।


शाहको उपस्थितिले मन्थली बजार क्षेत्र केही समय चहलपहलमय बनेको थियो। स्थानीयहरूले उनीसँग तस्बिर खिच्दै शुभकामना दिएका थिए भने युवापुस्तामा उनको लोकप्रियता देखिएको बताइएको छ।


आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रास्वपाले देशभर चुनावी अभियानलाई तीव्र बनाएको छ। बालेन शाह पनि विभिन्न जिल्लामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।


प्रतिक्रिया