सन् २०१६ मै विश्वका युवालाई प्रेम गुरागाईंको शान्तिको सन्देश
द टन न्युज ॥ विशेष रिपोर्ट
काठमाडौं । डिजिटल क्रिएटर तथा लेखक प्रेम गुरागाईंले सन् २०१६ मा विश्वका युवाहरूलाई दिएको शान्तिको सन्देश पुनः चर्चामा आएको छ।
गुरागाईंले सामाजिक सञ्जालमार्फत विश्वका युवाहरूलाई शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरेका थिए। उनले संयुक्त राष्ट्रसङ्घको महासभामा हरेक वर्ष विश्वका नेताहरूले सम्बोधन गर्दा भगवान् बुद्धको जन्मभूमि नेपालबाट गएको शान्तिको सन्देशलाई स्मरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनको सन्देशमा भनिएको छ— “Peace, Peace and Peace from the land of Lord Buddha.” अर्थात्, भगवान् बुद्धको जन्मभूमि नेपालबाट शान्ति, शान्ति र शान्ति।
गुरागाईंले विश्वमा शान्ति स्थापना गर्न युवाहरूको भूमिका निर्णायक हुन सक्ने उल्लेख गर्दै “We can establish Peace with the help of the Youth in the World” अर्थात् विश्वका युवाहरूको सहयोगमा शान्ति स्थापना गर्न सकिने बताएका थिए।
विश्वका विभिन्न क्षेत्रमा द्वन्द्व, हिंसा र अस्थिरताको अवस्था देखिँदै आएको सन्दर्भमा सन् २०१६ मै व्यक्त गरिएको गुरागाईंको उक्त सन्देशले नेपाललाई बुद्धको जन्मभूमि र शान्तिको सन्देशवाहक राष्ट्रका रूपमा प्रस्तुत गरेको देखिन्छ।
उनको यो पुरानो सन्देशले आज पनि विश्व शान्तिका लागि युवाको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकतालाई जोड दिएको छ। विशेषगरी संयुक्त राष्ट्रसङ्घको महासभाजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालले शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई प्राथमिकताका साथ उठाउनुपर्ने विषयमा पनि यसले ध्यानाकर्षण गराएको छ।
प्रेम गुरागाईं — डिजिटल क्रिएटर तथा लेखक