धादिङ–२ मा चुनावी अभियान तीव्र : नेता नवराज गाउलीद्वारा खनायबासका युवासँग अन्तरक्रिया, रामबहादुर भण्डारीलाई ‘तारा’मा मत दिन अपिल

theoutsidenepal.com

धादिङ । धादिङ क्षेत्र नम्बर–२ अन्तर्गत चुनावी कार्यक्रमका क्रममा नेता नवराज गाउली (एनजी) ले आज खनायबासमा युवासँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय युवासँग घनिभूत छलफल गर्दै आगामी निर्वाचनका विषयमा विचार–विमर्श गरिएको जनाइएको छ।


कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै गाउलीले खनायबासका युवासँग भएको छलफल अत्यन्त सकारात्मक र उत्साहजनक रहेको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनमा उम्मेदवार कमरेड रामबहादुर भण्डारीलाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न सम्पूर्ण युवालाई अपिल गरेका छन्।


साथै, उनले बुवाआमा, दाजुभाइ, इष्टमित्र, छरछिमेक तथा विदेशमा रहेका नेपालीहरूलाई समेत ‘तारा’मा भोट हाल्न अनुरोध गरेका छन्। धादिङ–२ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको देखिएको छ।


प्रतिक्रिया