मन्त्री बब्लु गुप्ता अमेरिका जाँदै, जेन्जी युवाहरूको सम्मानमा एक मात्र मन्त्रीको सहभागिता

theoutsidenepal.com

काठमाडौं — मन्त्रिपरिषदको पुष २१ गतेको बैठकले **युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई २०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने “रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन्जी” कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ।


मन्त्री गुप्ता जेन्जीबाट अमेरिका जाने एकमात्र मन्त्री हुन् र उनको सहभागिताले युवा नेतृत्व र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्नेछ।


कार्यक्रममा जेन्जी युवाहरूले नेपालको विकासमा खेल्ने योगदान र नवीनतम विचार प्रस्तुत गर्ने अवसर पाउनेछन्। मन्त्री गुप्ताको सहभागिता नेपाल सरकारको युवा र खेलकुद क्षेत्रप्रति प्रतिबद्धताको स्पष्ट संकेत हो।


प्रतिक्रिया