दिल्लीमा अलपत्र नेपालीका लागि देवदूत बने सुशील लामा, हजारौ पीडितको जीवनमा आशाको किरण

theoutsidenepal.com

दिल्लीमा अलपत्र नेपालीका लागि देवदूत बने सुशील लामा, हजारौ पीडितको जीवनमा आशाको किरण


नयाँ दिल्ली, जेठ २२।
विदेशमा उज्ज्वल भविष्य निर्माण गर्ने सपना बोकेर भारतको राजधानी दिल्ली हुँदै युरोप, अमेरिका, क्यानाडा तथा एसिया–प्यासिफिकका विभिन्न मुलुकतर्फ प्रस्थान गर्ने क्रममा अलपत्र परेका नेपालीहरूका लागि सामाजिक अभियन्ता सुशील लामा अहिले भरोसा, आशा र उद्धारको पर्याय बनेका छन्।


दलालहरूको झुटा आश्वासन र आकर्षक प्रलोभनमा परेर लाखौं रुपैयाँ खर्च गरी दिल्ली पुगेका अनेकौं नेपाली नागरिक राहदानी खोसिने, आर्थिक ठगीमा पर्ने, बासस्थानविहीन हुने तथा मानसिक तनावको सिकार बन्ने गरेका छन्। यस्तो विषम परिस्थितिमा सुशील लामा पीडित नेपालीहरूको उद्धार, संरक्षण र पुनर्स्थापनामा निरन्तर खटिँदै आएका छन्।


दिल्लीका सडक, गल्ली, होटल तथा विभिन्न स्थानमा बिचल्लीमा परेका नेपालीहरूलाई खोजी गरी सुरक्षित स्थानमा पुर्‍याउने, आवश्यक राहत उपलब्ध गराउने तथा नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गर्ने कार्यमा लामाले उल्लेखनीय योगदान दिइरहेका छन्। संकटको घडीमा आफ्नै परिवारको सदस्यझैँ साथ दिँदै आएका कारण धेरै नेपालीहरूले उहाँलाई “मानवताका अभियन्ता” र “दिल्लीका नेपालीहरूको सारथि” समेत भन्न थालेका छन्।


हाल दिल्ली र आसपासका क्षेत्रमा समस्यामा परेका नेपालीहरूको उद्धारका लागि उहाँले नेपाल सरकार, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायहरूसँग सक्रिय समन्वय गर्दै आउनुभएको छ। पीडित नेपालीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने र उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न पहल गर्ने कार्यमा उहाँ दिनरात समर्पित देखिनुहुन्छ।


विदेश जाने क्रममा ठगिएका, राहदानी गुमाएका, आर्थिक तथा कानुनी समस्यामा परेका वा कुनै पनि कारणले दिल्लीमा अलपत्र परेका नेपालीहरूका लागि सुशील लामा आज एक भरोसायोग्य अभिभावकका रूपमा स्थापित भएका छन्।


समस्यामा हुनुहुन्छ? सहयोग खोज्न ढिला नगर्नुहोस्।
यदि तपाईं वा तपाईंको परिवार, साथीभाइ तथा चिनजानका कोही व्यक्ति युरोप, अमेरिका, क्यानाडा वा अन्य मुलुक जाने क्रममा नयाँ दिल्ली तथा आसपासका क्षेत्रमा समस्यामा पर्नुभएको छ भने तत्काल सुशील लामासँग सम्पर्क गरी आवश्यक सहयोग लिन आग्रह गरिएको छ।


संकटको समयमा निराश भएका नेपालीहरूका लागि सुशील लामाको पहल केवल सहयोग मात्र होइन, जीवनमा नयाँ आशा जगाउने अभियान बनेको छ।


प्रतिक्रिया