राजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाहले पूरा गरिन् स्नातक तह, शुभकामनाको ओइरो
काठमाडौं — नेपालको पूर्वराजपरिवारकी सदस्य राजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाहले स्नातक (Graduation) तह सफलतापूर्वक पूरा गरेकी छन्।
उहाँको शैक्षिक उपलब्धिको अवसरमा स्वदेश तथा विदेशबाट बधाई र शुभकामनाहरू आउने क्रम जारी छ। विभिन्न शुभेच्छुकहरूले राजकुमारी कृतिकाको यस सफलतालाई जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै आगामी दिनमा ज्ञान, नेतृत्व, मर्यादा र समाजसेवामार्फत राष्ट्र र समाजको हितमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक गरिएको शुभकामना सन्देशमा भनिएको छ, “राजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाहलाई स्नातक तह पूरा गरेकोमा हार्दिक बधाई। यो गौरवपूर्ण उपलब्धिले उहाँको जीवनमा ज्ञान, गरिमा र सेवाभावले भरिएको नयाँ यात्राको सुरुआत गरोस्। आगामी दिनहरू सफलता, सुख र समृद्धिले भरिपूर्ण रहून् भन्ने शुभकामना।”
राजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाहको यस शैक्षिक उपलब्धिलाई धेरैले युवा पुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा समेत लिएका छन्।