कांग्रेसको १५औँ महाधिवेशनलाई युवा नेता रमेश श्रेष्ठको विशेष शुभकामना : “एकता, सहमति र नयाँ ऊर्जासहित कांग्रेस अघि बढ्नुपर्छ”

theoutsidenepal.com

कांग्रेसको १५औँ महाधिवेशनलाई युवा नेता रमेश श्रेष्ठको विशेष शुभकामना : “एकता, सहमति र नयाँ ऊर्जासहित कांग्रेस अघि बढ्नुपर्छ”

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रमेश श्रेष्ठले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

युवा पुस्तामाझ समेत सक्रिय र कांग्रेसको संगठनात्मक गतिविधिलाई नजिकबाट नियाल्दै आएका श्रेष्ठले १५औँ महाधिवेशनलाई केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक प्रक्रियाका रूपमा मात्र नभई नेपाली कांग्रेसको आगामी राजनीतिक यात्रा, नीति, संगठन, कार्यशैली र भावी दिशालाई पुनःपरिभाषित गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।


उनले बदलिँदो राजनीतिक परिवेश, जनताको बदलिँदो अपेक्षा र नयाँ पुस्ताको आकांक्षालाई आत्मसात् गर्दै कांग्रेसले आफूलाई अझ सुदृढ, आधुनिक, जनमुखी र प्रभावकारी राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

“महाधिवेशन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्व हो। यहाँ फरक विचार हुनु स्वाभाविक हो, तर फरक विचारलाई सम्मान गर्दै संवाद, सहमति, सहकार्य र समन्वयका माध्यमबाट पार्टीलाई अझ बलियो बनाउनु आजको आवश्यकता हो,” श्रेष्ठले भनेका छन्।

श्रेष्ठले महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि, महासमिति सदस्य, नेता तथा कार्यकर्ताबीच आपसी सम्मान, खुला संवाद र लोकतान्त्रिक संस्कार कायम रहनुपर्ने उल्लेख गर्दै सबैको भावना समेटिने गरी नयाँ १५औँ कार्यसमिति चयन हुने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार नेपाली कांग्रेसको शक्ति केवल संगठन वा नेतृत्वमा मात्र नभई कार्यकर्ता पंक्तिको एकता, लोकतान्त्रिक संस्कार र जनतासँगको जीवन्त सम्बन्धमा निहित छ। त्यसैले महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, नयाँ सोच र नयाँ उत्साह सञ्चार गर्नुपर्ने उनको धारणा छ।

श्रेष्ठले कांग्रेसलाई अझ एकताबद्ध, जिम्मेवार, व्यवस्थित, अनुशासित र जनमुखी बनाउँदै लोकतन्त्र, राष्ट्रियता, समाजवाद तथा जनताको अधिकारका पक्षमा पार्टीले निर्वाह गर्दै आएको ऐतिहासिक भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

“१५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पसहित अगाडि बढ्ने आधार निर्माण गरोस्। नेतृत्व चयनसँगै पार्टीको संगठन सुदृढीकरण, पुस्तान्तरण, जनविश्वास अभिवृद्धि र कार्यकर्ताको सम्मानलाई समेत प्राथमिकतामा राखियोस्,” श्रेष्ठको शुभकामना सन्देशमा उल्लेख छ।

युवा नेता श्रेष्ठले महाधिवेशनले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै एकता, सहमति, सहकार्य र समन्वयको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य, सभ्य, सफल, ऐतिहासिक र दूरगामी महत्वको बनोस् भन्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया