द टन न्युज ॥ विशेष रिपोर्ट
१० असोज २०८३
संयुक्त राष्ट्रसंघ मुख्यालयमा लोकनाथ अधिकारीको स्मरणीय तस्बिर, विश्वशान्ति र सहकार्यको सन्देश
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समाजसेवी लोकनाथ अधिकारीले सन् २०१८ नोभेम्बर १० मा संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा खिचिएको एक स्मरणीय तस्बिर सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको ऐतिहासिक महत्वबारे आफ्नो धारणा व्यक्त गरेका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा दोस्रो विश्वयुद्धपछि विश्वशान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानवअधिकार, मानवीय सहायता तथा राष्ट्रहरूबीच सहकार्य कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको उल्लेख गरेका छन्।
उनका अनुसार संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। “United Nations” नाम अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले सुझाएको प्रसंगसमेत उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।
सुरुआतमा ५१ संस्थापक सदस्य राष्ट्र रहेको संयुक्त राष्ट्रसंघमा अहिले १९३ सदस्य राष्ट्र रहेको अधिकारीले बताएका छन्। विश्वका साझा समस्या संवाद, कूटनीति र सहकार्यका माध्यमबाट समाधान खोज्ने साझा अन्तर्राष्ट्रिय थलोका रूपमा संयुक्त राष्ट्रसंघको विशेष महत्व रहेको उनको भनाइ छ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा खिचिएको तस्बिरसँगै अधिकारीले राखेको यो स्मरणले अन्तर्राष्ट्रिय सहकार्य, विश्वशान्ति र मानवअधिकारका विषयप्रति उनको चासोलाई समेत प्रतिबिम्बित गरेको छ।
उनले संयुक्त राष्ट्रसंघलाई विश्वका विभिन्न राष्ट्र र समुदायबीच संवाद तथा सहकार्य अघि बढाउने महत्वपूर्ण साझा मञ्चका रूपमा चित्रण गरेका छन्।