दशैंलाई लक्षित गर्दै जापानको तोचिगीमा Hamro Halal Mart को विशेष सेवा, निःशुल्क होम डेलिभरी
द टन न्युज । जापान ।
सोह्रश्राद्ध सुरु भएको आठौँ दिनसँगै नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गएको छ। दशैंलाई लक्षित गर्दै जापानको तोचिगी केनमा रहेको Hamro Halal Mart ले नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार विभिन्न सामग्री उपलब्ध गराउन थालेको जनाएको छ।
दशैंका लागि आवश्यक सामग्रीहरू समयमै खरिद गरी सुरक्षित गर्न आग्रह गर्दै मार्टले ग्राहकहरूको माग र चाहनाअनुसार थप सामग्रीसमेत उपलब्ध गराउने जनाएको छ।
ग्राहकहरूलाई आफूलाई आवश्यक पर्ने अन्य सामानबारे Facebook Messenger, Viber, WhatsApp वा प्रत्यक्ष सम्पर्कमार्फत जानकारी तथा माग पठाउन आग्रह गरिएको छ। ग्राहकको मागअनुसार सम्भव भएसम्म आवश्यक सामग्री उपलब्ध गराउने मार्टको प्रतिबद्धता छ।
यसैगरी, ग्राहकको सहजतालाई ध्यानमा राख्दै Hamro Halal Mart ले निःशुल्क होम डेलिभरीको सुविधा समेत उपलब्ध गराएको जनाएको छ।
सम्पर्क तथा अर्डरका लागि:
📞 0287219098
📲 08050643754
📲 08052258358
तोचिगी केन तथा आसपासका नेपाली समुदायले उल्लेखित नम्बरमा सम्पर्क गरी आवश्यक सामग्रीबारे जानकारी लिन तथा अर्डर गर्न सक्नेछन्।
दशैंको अवसरमा नेपाली समुदायको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै Hamro Halal Mart ले आफ्नो सेवा विस्तार गरेको जनाएको छ।