ऋषि धमलाको फरक चुनावी शैली: जनताकै बीचमा उभिएर परिवर्तनको सन्देश

theoutsidenepal.com

रौतहट । आम जनता पार्टीका तर्फबाट रौतहट–४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले अपनाएको चुनावी शैलीले स्थानीय मतदाताको ध्यान तानेको छ। परम्परागत भाषण र मञ्चकेन्द्रित प्रचारभन्दा फरक, धमला प्रत्यक्ष जनतासँग घुलमिल हुँदै चुनावी अभियानमा सक्रिय देखिएका छन्।

बुजुर्गको खुट्टा छोएर आशीर्वाद लिँदै, रिक्सामा बसेर सर्वसाधारणका गुनासा सुन्दै, युवासँगै साइकल चलाउन सिक्दै, किसानसँग उखु बोक्दै तथा गाउँ–गाउँमा ट्र्याक्टर चलाउँदै गरेको दृश्यले उनको अभियानलाई विशेष बनाएको छ। यी गतिविधिले उनले चुनावलाई केवल सत्ता प्राप्तिको माध्यम होइन, जनतासँग सिधा सम्बन्ध जोड्ने अवसरका रूपमा लिएको संकेत गर्छ।

स्थानीय बासिन्दाका अनुसार उम्मेदवार धमला नेताभन्दा पनि छिमेकीझैँ गाउँमा पुगेका छन्। “हामीसँग बसेर हाम्रो समस्या सुन्ने नेता पहिलो पटक देख्यौं,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।

धमलाको अभियानमा कुनै तामझाम छैन, तर ठूलो मन र जनताप्रतिको आत्मीयता स्पष्ट देखिन्छ। यही कारणले रौतहट–४ मा यसपटक आम जनता पार्टीमार्फत परिवर्तनको स्पष्ट संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

चुनाव प्रचारप्रसारमा कुनै कमी नराखी, जनताको दैनिक जीवनसँगै हिँड्ने यो शैलीले ऋषि धमलालाई अन्य उम्मेदवारभन्दा फरक र प्रभावशाली बनाएको छ। 

प्रतिक्रिया