संस्कारी कुलमान— फलेको बृक्षको हाँगा नझुकेको कहाँ हुन्छ र!

theoutsidenepal.com

राजनीतिमा नैतिकताको उदाहरण कमै देखिन्छ, तर आज त्यही दुर्लभ उदाहरण बनेका छन्— ऊर्जामन्त्री कुलमान घिसिङ्।

प्रधानमन्त्री सुशिला कार्कीको हातमै राजीनामाको पत्र थमाउँदै जब कुलमान घिसिङ् पदबाट विदा भए, त्यो दृश्य केवल औपचारिकता थिएन— त्यो संस्कार, अनुशासन र जिम्मेवारीबोधको जीवित पाठ थियो।


ऊर्जा लगायत तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा नैतिक आधारमा राजीनामा दिन केही समय लाग्नु स्वाभाविक नै थियो। तर अन्ततः पदभन्दा मूल्य र मर्यादालाई ठूलो ठान्दै उनले लिएको निर्णयले आज सम्पूर्ण राष्ट्रलाई सोच्न बाध्य बनाएको छ।


राजीनामा दिदै गर्दा मन्त्री कुलमान घिसिङ् भावुक देखिए। आँखामा आँसु, अनुहारमा शान्त मुस्कान र बोलीमा विनम्रता— त्यो क्षणले उपस्थित सबैको मन छोयो।

त्यो दृश्यले एउटा गहिरो सन्देश दियो— सत्ता क्षणिक हुन्छ, तर संस्कार सधैं जीवित रहन्छ।


आफूभन्दा ठूला, जिम्मेवार पदमा बसेकाहरूको सम्मान गर्नुपर्छ भन्ने कुरा उनले शब्दले होइन, कर्मले सिकाए। आजको राजनीतिमा जहाँ पद जोगाउन अनेक तिकडम देखिन्छन्, त्यहीँ कुलमान घिसिङ् नैतिकताको शिखरमा उभिएर विदा भए।


आज उनले राजीनामा दिए, तर

👉 आदर कमाए

👉 इतिहासमा नाम लेखाए

👉 नेतृत्वको नयाँ मापदण्ड खडा गरे


कुलमान घिसिङ् केवल एक मन्त्री रहेनन्,

आज उनी बने— संस्कारयुक्त राजनीतिका प्रतीक।


प्रतिक्रिया