चितवन — चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी प्रभावशाली तथा भीजनरी नेतृ सोविता गौतमले माडीमा आफ्नी आमाबाट देवीको प्रसाद पहिर्याउँदै आशिर्वाद लिएको भावुक क्षण अहिले जनस्तरमा प्रेरणादायी कथा बनेको छ। मातृआशिर्वादसहित सुरु भएको उनको चुनावी यात्रा अब जनताको साथ र विश्वाससहित थप मजबुत बन्दै गएको समर्थकहरू बताउँछन्।
माडी मा आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दा, शुभेच्छुक तथा युवा समर्थकहरूको उल्लेखनीय उपस्थितिले चुनावी माहोललाई थप उत्साहजनक बनाएको थियो। आमाको हातबाट प्रसाद ग्रहण गर्दै उनले “जनताको सेवा नै मेरो धर्म” भन्ने भाव व्यक्त गरेको चर्चा सर्वत्र फैलिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी की प्रभावशाली नेतृका रूपमा चिनिएकी गौतमलाई परिवर्तन, पारदर्शिता र नवीन सोचको प्रतीकका रूपमा हेरिएको छ। राजनीतिक क्षेत्रमा छोटो समयमै प्रभावशाली उपस्थिति देखाउँदै उनले युवा, महिला र उद्यमशील समुदायको मन जित्न सफल भएको विश्लेषकहरूको भनाइ छ।
चितवन क्षेत्र नं. ३ मा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन तथा सुशासनलाई केन्द्रमा राखेर अघि बढाइएको उनको अभियानले स्थानीय जनतामा नयाँ आशा जगाएको बताइन्छ। विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढेकी गौतमलाई धेरैले भविष्यका परिवर्तनकारी नेतृका रूपमा लिएका छन्।
मातृआशिर्वाद, जनसमर्थन र स्पष्ट भिजनसहित चुनावी मैदानमा उत्रिएकी सोविता गौतमको अभियान अहिले चितवन–३ मा चर्चा र उत्साहको केन्द्र बनेको छ। आगामी चुनावले उनको राजनीतिक यात्रामा कस्तो नयाँ इतिहास लेख्छ भन्ने चासो र अपेक्षा दिनदिनै बढ्दै गएको देखिन्छ।