रामहरि खतिवडा नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित, नेता विष्णु केसीद्वारा बधाई
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा पार्टीको सहमहामन्त्री पदमा अत्यधिक बहुमतसहित निर्वाचित हुनुभएकोमा अमेरिका बस्दै आएका काग्रेस नेता विष्णु केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
अमेरिका मा बस्दै आएका नेता केसीले सामाजिक सञ्जालमार्फत खतिवडालाई बधाई दिँदै उहाँको नेतृत्व, अनुभव र योगदानले नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध तथा जनमुखी बनाउन थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो।
खतिवडाको विजयप्रति खुसी व्यक्त गर्दै केसीले उहाँको आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
नेता केसीले आफ्नो शुभकामना सन्देशको अन्त्यमा ‘जय नेपाल’ भन्दै पार्टीप्रतिको प्रतिबद्धता र एकताको सन्देशसमेत दिनुभएको छ।