जापानको तोचिगीमा नेपालीपनको स्वाद र आत्मीयताको गन्तव्य बन्दै ‘Hamro Restaurant & Bar’

theoutsidenepal.com

जापानको तोचिगीमा नेपालीपनको स्वाद र आत्मीयताको गन्तव्य बन्दै ‘Hamro Restaurant & Bar’

द टन न्युज | तोचिगी, जापान

जापानको तोचिगी–केनमा नेपाली स्वाद, आत्मीय आतिथ्य र पारिवारिक वातावरणलाई केन्द्रमा राख्दै Hamro Restaurant & Bar नेपाली समुदायका लागि विशेष गन्तव्यका रूपमा अघि बढिरहेको छ।


विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई आफ्नैपनका साथ मनाउन चाहने नेपालीहरूका लागि ‘Hamro Restaurant & Bar’ ले विवाह, पास्नी, व्रतबन्ध, पारिवारिक गेट–टुगेदरदेखि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमसम्म आयोजना गर्न सहज वातावरण उपलब्ध गराउने जनाएको छ।

विशेषगरी नजिकिँदै गरेका नेपालीहरूको महान् पर्व तीज, दसैँ तथा तिहारका अवसरमा दर खाने कार्यक्रम, पारिवारिक भेटघाट तथा साथीभाइसँगको रमाइलो कार्यक्रम आयोजना गर्न चाहनेहरूलाई लक्षित गर्दै रेस्टुरेन्टले विशेष सेवा उपलब्ध गराउने तयारी गरेको छ।

घरमा पर्याप्त स्थानको अभाव, धेरै आफन्त तथा साथीभाइलाई एकै ठाउँमा बोलाउनुपर्ने अवस्था वा कार्यक्रम व्यवस्थापनको झन्झटले दुविधामा रहेका नेपालीहरूका लागि आफ्नै इच्छा, आवश्यकता र बजेटअनुसार कार्यक्रम व्यवस्थापन गर्न सकिने रेस्टुरेन्टको भनाइ छ।

एउटै छानामुनि स्वाद, सेवा र उत्सव

Hamro Restaurant & Bar ले ग्राहकको आवश्यकता र अनुरोधअनुसार कार्यक्रमको प्रकृति हेरी सहज तथा सरल ढंगले सेवा उपलब्ध गराउने जनाएको छ। पारिवारिक जमघट होस् वा नेपाली संस्कृतिसँग जोडिएको विशेष कार्यक्रम—आगन्तुकलाई आत्मीय वातावरणमा स्वागत गर्दै सम्झनलायक क्षण बनाउन रेस्टुरेन्ट प्रतिबद्ध रहेको बताइएको छ।

विदेशमा रहेका नेपालीहरूका लागि चाडपर्व केवल खानपिन र मनोरञ्जनको अवसर मात्र नभई आफन्त, साथीभाइ र समुदायसँग जोडिने महत्वपूर्ण माध्यम पनि हो। यही भावनालाई आत्मसात गर्दै Hamro Restaurant & Bar ले नेपाली समुदायका विभिन्न कार्यक्रमलाई आफ्नो ठाउँ र सेवामार्फत थप विशेष बनाउने लक्ष्य लिएको छ।

‘कार्यक्रम तपाईंको, व्यवस्थापन हाम्रो’

रेस्टुरेन्टले आफ्नो कार्यक्रमका लागि स्थान, सेवा तथा व्यवस्थापनबारे जानकारी लिन चाहनेहरूलाई Facebook Messenger, Viber, WhatsApp वा प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेको छ।

📞 028-721-9098
📲 080-5064-3754
📲 080-522-58358

तोचिगीमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै पारिवारिक भेटघाटदेखि चाडपर्वका विशेष कार्यक्रमसम्मलाई सहज, आत्मीय र व्यवस्थित बनाउने प्रयासले Hamro Restaurant & Bar लाई नेपाली स्वादसँगै नेपालीपन र अपनत्व अनुभव गर्ने स्थानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

तीजको दरदेखि दसैँको भेटघाट र तिहारको रमाइलोसम्म—कार्यक्रम जहाँ भए पनि, आत्मीयता र स्वादका लागि Hamro Restaurant & Bar सम्झन सकिन्छ।

द टन न्युज


प्रतिक्रिया