खुला ४५ केन्द्रीय सदस्यमा गोरख बहादुर बिष्ट ‘आनन्द’को उम्मेदवारी
द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोरख बहादुर बिष्ट ‘आनन्द’ले खुलातर्फको ४५ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्यसहित बिष्टले खुला ४५ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दर्तापछि उनले महाधिवेशन प्रतिनिधिहरूसँग आशीर्वाद, साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्।
बिष्टले कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने अभियानमा आफूलाई सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूको विश्वास प्राप्त हुने अपेक्षा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै बिष्टले भनेका छन्, “केन्द्रीय सदस्य खुला ४५ मा उम्मेदवारी मनोनयन गरेको छु। हजुरहरूको आशीर्वादका साथै मतदानको अपेक्षा गरेको छु।”
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फका ४५ केन्द्रीय सदस्यका लागि हुने प्रतिस्पर्धामा बिष्टको उम्मेदवारीले पनि थप चासो बढाएको छ।