चितवनमा सहकारीपीडितको आवाज : बचत रकम फिर्ताका लागि उम्मेदवारलाई ज्ञापनपत्र

theoutsidenepal.com

चितवन-२ मा सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै मीना खरेल लाई ज्ञापनपत्र बुझाएका छन्। नेपाली कांग्रेस की उम्मेदवार खरेलसमक्ष पीडितहरूले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो राख्दै तत्काल प्रभावकारी पहल गरिदिन आग्रह गरेका हुन्।


पीडितहरूले १३ बुँदे मागसहित ज्ञापनपत्र प्रस्तुत गर्दै सहकारी व्यवस्थापन तथा नियमनको कमजोरीका कारण हजारौँ सर्वसाधारण मारमा परेको बताएका छन्। उनीहरूले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन्।


ज्ञापनपत्र बुझाउँदै शालीग्राम दुवाडी ले बचत रकम फिर्ता नपाउँदा आफूहरू गम्भीर आर्थिक तथा मानसिक समस्यामा परेको बताए। “हामीले जीवनभरको कमाइ सहकारीमा राख्यौँ, तर अहिले आफ्नै रकम फिर्ता नपाएर पीडामा छौँ,” उनले भने, “हाम्रो रकम सुरक्षित रूपमा फिर्ता गराउन सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गर्दछौँ।”


उमेदवार खरेलले पीडितहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताइन्। सहकारी क्षेत्रको विद्यमान समस्या समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भनाइ छ।


प्रतिक्रिया