काभ्रे–१ बाट कांग्रेसकी युवा नेतृ पवित्रा लामा महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
द टन न्युज । काभ्रेपलाञ्चोक ।
नेपाली कांग्रेसकी युवा नेतृ पवित्रा लामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. १ बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा आफूलाई विश्वास गरी निर्वाचित गराएको भन्दै लामाले काभ्रेपलाञ्चोक जिल्ला पार्टीका अग्रज नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेकी छन्।
निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लामाले आफूले प्राप्त गरेको विश्वास, माया, सद्भाव र अमूल्य मतलाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताएकी छन्।
उनले आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र संगठनको हितलाई आत्मसात् गर्दै इमानदारी, निष्ठा र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।
लामाले आफूलाई महत्वपूर्ण अवसर प्रदान गर्ने काभ्रेपलाञ्चोक जिल्ला पार्टीको सम्पूर्ण टिमप्रति समेत आभार व्यक्त गर्दै ‘जय नेपाल’ भनेकी छन्।