विशेष महाधिवेशनको परिणामलाई गगन थापाले बताए साझा उपलब्धि

theoutsidenepal.com

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीमा सार्थक परिवर्तनका लागि सम्पन्न विशेष महाधिवेशनबाट आएको परिणामलाई सम्पूर्ण पार्टी सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि भएको बताएका छन्।


सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै सभापति थापाले विशेष महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सबै नेता–कार्यकर्ता तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफूहरूमाथि भरोसा राख्ने सबैप्रति कृतज्ञता प्रकट गर्दै परिवर्तनको यात्रामा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।


“नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो,” थापाले उल्लेख गरेका छन्।


उनले सन्देशको अन्त्यमा ‘जय नेपाल!’ भन्दै पार्टीको ऐतिहासिक जिम्मेवारी र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्।


प्रतिक्रिया