द टन न्युज । विशेष समाचार
४७औँ विश्व पर्यटन दिवसका अवसरमा होटल व्यवसायी महासंघ नेपालको विशेष कार्यक्रम
काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बन्धित सरोकारवाला, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा शुभेच्छुकहरूलाई हार्दिक आमन्त्रण गरेका छन्।
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना तथा देशको पहिचान प्रवर्द्धनका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्व पर्यटन दिवसलाई विशेष रूपमा मनाउन लागिएको महासंघले जनाएको छ।
अध्यक्ष भण्डारीले पर्यटन क्षेत्रको विकास, होटल व्यवसायको प्रवर्द्धन तथा व्यवसायीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै नेपालको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
महासंघले कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा विचार–विमर्श हुने जनाएको छ। कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकाय, विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
टी.आर. भण्डारी ‘शंकर’
अध्यक्ष
होटल व्यवसायी महासंघ नेपाल (HPFN)
द टन न्युज
Accuracy, Balance and Credibility