काठमाडौँ — जनतामाझ लोकप्रिय मानिएका कमरेड मणिराम फुयाल ‘मिसन फागुन २१’ को नारासहित काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा सक्रिय भएका छन्। विकास, सुशासन र जनताको प्रत्यक्ष सहभागितालाई मुख्य एजेन्डा बनाउँदै उनी घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग निरन्तर संवाद गरिरहेका छन्।
फुयालले आफ्नो अभियान जनताको समस्या बुझ्ने, समाधानमुखी योजना अघि सार्ने र नयाँ ऊर्जा सहित राजनीति गर्ने उद्देश्यले अघि बढाएको बताएका छन्। विभिन्न टोल–टोलमा पुगेका उनले युवाको रोजगारी, शहरी व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा पारदर्शी शासन प्रणालीलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
स्थानीय कार्यकर्ता र समर्थकहरूका अनुसार ‘मिसन फागुन २१’ अभियानले काठमाडौँ–२ को चुनावी माहोल तताएको छ। घरदैलो कार्यक्रमहरूमा सर्वसाधारणको सहभागिता बढ्दो देखिएको र फुयालको जनसम्पर्क शैलीले मतदातासँग नजिकिने वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।
आगामी दिनमा अभियानलाई थप व्यापक बनाउँदै जनताको विश्वास जित्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गरिने फुयालको टोलीले जनाएको छ।