कञ्चनपुर–२ मा घण्टीको लहर: दिपक बोहोरा पक्षमा बढ्दो जनसमर्थन, चुनावी माहोल तातिँदै

theoutsidenepal.com

कञ्चनपुर — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नम्बर २ मा चुनावी माहोल अत्यन्तै तातेको छ। नेपाली कांग्रेसका नारायण प्रकाश (एनपी) साउद, नेकपा एमालेका बचनबहादुर सिंह, नेकपाका माधवप्रसाद पन्त, नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानासहित विभिन्न दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन्। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा उम्मेदवार दिपक बोहोराको पक्षमा उल्लेख्य जनलहर देखिएको दाबी गरिएको छ।


स्थानीय तहदेखि गाउँ–गाउँसम्म बोहोराको पक्षमा उत्साहजनक समर्थन बढिरहेको समर्थकहरूको भनाइ छ। चुनावी सभाहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको बताइन्छ। “यसपाली घण्टी नै हो” भन्ने नारासहित समर्थकहरू सामाजिक सञ्जाल र जनभेटघाट कार्यक्रममा सक्रिय देखिएका छन्।


बोहोराले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका छन्। स्थानीय मुद्दा समाधान र नयाँ राजनीतिक संस्कार स्थापना गर्ने लक्ष्यसहित उनको अभियान तीव्र बनेको छ।


विश्लेषकहरूका अनुसार कञ्चनपुर–२ यसपटक कडा प्रतिस्पर्धाको केन्द्र बन्ने संकेत देखिएको छ। तर बोहोराको पक्षमा देखिएको उत्साह र सक्रियताले चुनावी नतिजामा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।


आगामी फागुन २१ मा हुने निर्वाचनले कञ्चनपुर–२ को राजनीतिक भविष्य तय गर्नेछ भने मतदाताको निर्णय नै अन्तिम हुने छ।


प्रतिक्रिया