सोलुखुम्बु । सोलुखुम्बु जिल्लाबाट उदाउँदै गरेका प्रभावशाली युवा नेता राजु पख्रीन तामाङले नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
पार्टी संगठन मजबुत बनाउने अभियानमा निरन्तर सक्रिय तामाङले विशेष महाधिवेशनका लागि जिल्लादेखि केन्द्रसम्म समन्वय, कार्यकर्ता परिचालन तथा युवालाई एकताबद्ध गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएका छन्। विशेष गरी युवापुस्तालाई पार्टीको वैचारिक धारमा जोड्दै परिवर्तनमुखी राजनीतिका पक्षमा उभ्याउन उनले खेलेको भूमिकालाई कांग्रेसभित्र सकारात्मक रूपमा लिइएको छ।
पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा रहँदै तामाङले विशेष महाधिवेशनलाई सफल र परिणाममुखी बनाउने लक्ष्यसहित सक्रियता बढाएका छन्। सोलुखुम्बुमा मात्र नभई प्रदेश तथा केन्द्रीय स्तरमा समेत उनको सक्रिय उपस्थितिले पार्टीभित्र युवा नेतृत्वको सम्भावनालाई उजागर गरेको विश्लेषण गरिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई संगठन सुदृढीकरण र पार्टी पुनर्जागरणको अवसरका रूपमा लिइँदै गर्दा, राजु पख्रीन तामाङजस्ता युवा नेताको भूमिकाले महाधिवेशनलाई थप ऊर्जा र दिशा दिने अपेक्षा गरिएको छ।