झापा जिल्ला बाट हेलिकप्टरमा आएका ज्ञानेन्द्र शाहलाई समर्थकको भव्य स्वागत

theoutsidenepal.com

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरूको घेराबन्दीबीच निर्मल निवास पुगेका छन्। झापा जिल्ला बाट हेलिकप्टरमार्फत काठमाडौं आएका शाह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मा ओर्लिएपछि हजारौँ समर्थकहरूले नाराजुलुस गर्दै उनलाई निवाससम्म पुर्‍याएका थिए।


विमानस्थल अगाडि ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए। त्यहाँबाट चक्रपथ हुँदै नाराजुलुससहित शाहलाई निर्मल निवास लगिएको थियो। सम्भावित भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई का अनुसार नाराजुलुसका क्रममा कुनै उच्छृंखल गतिविधि नभएको र कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए। सुरक्षा सतर्कता बढाइए पनि अप्रिय घटना भने नभएको उनले जानकारी दिए।


यस क्रममा नेपाल प्रहरी ले विमानस्थल क्षेत्रदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्थापन कडा बनाएको थियो।


प्रतिक्रिया