ठमेलको आर्या होटलको स्काई रेस्टुरेन्टमा शक्ति मोहनको आकर्षक फोटोसुट, तस्बिर सामाजिक सञ्जालमा चर्चित
काठमाडौं । भारतकी चर्चित नृत्यांगना तथा कोरियोग्राफर शक्ति मोहनले काठमाडौंको पर्यटकीय केन्द्र ठमेलस्थित आर्या होटल एन्ड स्पामा खिचाएका आकर्षक तस्बिरहरू सामाजिक सञ्जालमा चर्चामा आएका छन्।
‘कोई रिश्ते नहीं भेजेगा 😆’ भन्ने क्याप्सनसहित सार्वजनिक गरिएका तस्बिरमा शक्ति मोहनको स्टाइलिस लुक र आकर्षक पहिरन देखिन्छ। काठमाडौंको ठमेलबाट नेपालको कला, संस्कृति र आतिथ्यताको नयाँ दृश्यसमेत प्रस्तुत गर्ने यी तस्बिरले सामाजिक सञ्जालमा थप आकर्षण बढाएको देखिन्छ।
तस्बिरहरू आर्या होटल एन्ड स्पाको स्काई रेस्टुरेन्ट तथा ग्लास इन्टेरियरमा खिचिएका हुन्। ठमेलको शहरी परिवेश, होटलको आधुनिक डिजाइन र काँचबाट देखिने काठमाडौंको दृश्यलाई फोटोसुटमा सुन्दर ढंगले समेटिएको छ।
शक्ति मोहनको पहिरन Almaari by Pooja Patel रहेको छ भने Viral Mantra PR Agencyसँग सम्बन्धित स्टाइलिङ तथा Pooja Gupta, Spectrum Stylesले स्टाइलिङमा सहयोग गरेका छन्। तस्बिर Shubham Verma – NrityaShaktiWorldले खिचेका हुन्।
नृत्य र मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी शक्ति मोहनका यी तस्बिरले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने एउटा सिर्जनात्मक माध्यमसमेत बनेको छ।
आर्या होटल एन्ड स्पाको आधुनिक संरचना, ग्लास डिजाइन र स्काई रेस्टुरेन्टले फोटोसुटलाई थप आकर्षक बनाएको देखिन्छ। ठमेलको पर्यटनसँगै लक्जरी आतिथ्य र आधुनिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने दृष्टिले पनि यो फोटोसुटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
📷 Photo: Shubham Verma / NrityaShaktiWorld
Outfit: Almaari by Pooja Patel
PR Agency: Viral Mantra PR Agency
Styled by: Pooja Gupta / Spectrum Styles
यो होटेलका मालीक कृष्ण प्रसाद सिम्खडा हुन् । यो फिल्डमा उनको लामो अनुभव छ। जापानमा पनि उनका थुप्रै रेस्टोरेन्ट छन् ।एक प्रेरणादायी युवा हुन् ।