एभिएसन म्युजियमलाई क्याप्टेन हरिहर जोशीको सहयोग : प्रमुख बेद उप्रेतीद्वारा आभार व्यक्त

theoutsidenepal.com

काठमाडौं — एभिएसन म्युजियम, काठमाडौंका प्रमुख तथा वरिष्ठ क्याप्टेन, साहित्यकार, समाजसेवी र लेखकका रूपमा परिचित बहुआयामिक व्यक्तित्व बेद उप्रेतीले क्याप्टेन हरिहर जोशीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले एभिएसन म्युजियमको संरक्षण र प्रवर्द्धनका लागि जोशीले गरेको उदार सहयोग र दानप्रति आभार प्रकट गरेका हुन्।


उप्रेतीले आफ्नो स्टाटसमा क्याप्टेन जोशीको योगदानले नेपालको उड्डयन इतिहासलाई भावी पुस्तासम्म सुरक्षित राख्न महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेका छन्। “तपाईंको सहयोग हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। उड्डयन र सम्पदाप्रति सधैं साथ दिने साथी पाउँदा गर्व महसुस भएको छ,” उनले लेखेका छन्।


वरिष्ठ क्याप्टेनसमेत रहेका उप्रेती नेपाली उड्डयन क्षेत्रसँगै साहित्य, समाजसेवा र लेखन क्षेत्रमा पनि सक्रिय छन्। उनले क्याप्टेन जोशीको आगामी यात्राहरू सुरक्षित र सफल रहून् भन्ने कामनासहित “धेरै सुरक्षित उडान र सधैं सफल अवतरण” को शुभेच्छा पनि व्यक्त गरेका छन्।


एभिएसन म्युजियम नेपालकै महत्वपूर्ण उड्डयन सम्पदा संरक्षण गर्ने संस्थाका रूपमा परिचित छ, जहाँ ऐतिहासिक विमान तथा उड्डयनसँग सम्बन्धित सामग्रीहरू संकलन गरी भावी पुस्तालाई ज्ञान प्रदान गरिँदै आएको छ।


प्रतिक्रिया