रामेछापमा बस दुर्घटना : तामाकोशी नदीमा खस्यो अरनिको यातायातको बस, केही यात्रु गम्भीर

theoutsidenepal.com

रामेछाप — काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस रामेछापको त्रिवेणी नजिकै दुर्घटना भएको छ। बस तामाकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।


दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको छ भने स्थानीय बासिन्दाले घाइते यात्रुको उद्धार गरिरहेका छन्।


दुर्घटनाको कारण, यात्रुको संख्या तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिनेछ।


प्रतिक्रिया