BREAKING NEWS: लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

theoutsidenepal.com

BREAKING NEWS: लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

द टन न्युज ।

बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

बौद्ध धर्म, शान्ति र मानवताको सन्देश फैलाउँदै आएकी आनी छोइङ डोल्मा गायन तथा सामाजिक सेवाका क्षेत्रमा समेत परिचित छन्। उनको नियुक्तिसँगै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा नयाँ अपेक्षा गरिएको छ।

लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई विश्वमाझ थप उजागर गर्नु र बुद्धको शान्ति सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु लुम्बिनी विकास कोषका महत्त्वपूर्ण कार्यक्षेत्र हुन्।

द टन न्युज परिवार आनी छोइङ डोल्मालाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।


प्रतिक्रिया