समानुपातिकतर्फ पहिलो नम्बरमा डा. मित्र परियार, नयाँ भिजनसहित दलित आन्दोलन अघि बढाउने प्रतिबद्धता

theoutsidenepal.com

नेपाल कम्युनिस्ट पार्टीका नेता डा. मित्र परियार समानुपातिकतर्फ पहिलो नम्बरमा रहेको जानकारी दिँदै नयाँ विचार र भिजनसहित दलित आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमार्फत उहाँले आफूलाई जिताउन अपिल गर्दै सामाजिक न्याय, समान अधिकार र समावेशी विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभएको हो।


डा. परियारले दलित समुदायको राजनीतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउँदै शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र सम्मानजनक जीवनका लागि ठोस नीति निर्माणमा जोड दिने योजना अघि सार्नुभएको छ। उहाँका अनुसार दलित आन्दोलनलाई व्यवहारिक रूपान्तरणतर्फ लैजान स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ।


उहाँले नयाँ पुस्ताको सोच, पारदर्शिता र उत्तरदायित्वका आधारमा आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै दलित समुदायको आवाजलाई नीतिनिर्माण तहसम्म मजबुत रूपमा पुर्‍याउने लक्ष्यसहित आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आह्वान गर्नुभएको छ।


प्रतिक्रिया