जनताको भरोसाकी प्रतिक जीता वराल : रास्वपाको जित सुनिश्चित गर्न पूर्ण शक्ति सहित चुनावी मैदानमा

theoutsidenepal.com

कास्की जिल्लाको पोखरा महानगरपालिका–गुठीवारी पथ निवासी लोकप्रिय महिला नेतृ जीता वराल यतिबेला आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रूपमा चुनावी अभियानमा होमिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की ऊर्जाशील नेतृका रूपमा चिनिनुहुने वरालले संगठन सुदृढीकरणदेखि जनताको घरदैलो सम्म पुगेर पार्टीलाई बलियो बनाउने अभियानलाई तीव्र बनाइरहनुभएको छ।


सामाजिक सेवा, स्वास्थ्य सुधार र महिला सशक्तिकरणका क्षेत्रमा उनको निरन्तर योगदानले उनलाई जनताको मनमा विशेष स्थान दिलाएको छ। सामाजिक न्याय, पारदर्शिता र जवाफदेहितामा अडिग रहँदै उनले राजनीतिलाई सेवा र परिवर्तनको माध्यम बनाएको समर्थकहरू बताउँछन्। उनको सक्रियता र नेतृत्व क्षमताले पार्टीभित्र मात्र होइन, आम नागरिकबीच पनि उत्साह र विश्वास बढाएको छ।


२०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दै सम्मानजनक मतसहित दोस्रो स्थान हासिल गरेपछि उनी राष्ट्रिय राजनीतिमा झनै सशक्त रूपमा स्थापित भएकी थिइन्। साथै, रास्वपाको बागमती प्रदेशकी पूर्व महामन्त्रीको रूपमा संगठन निर्माणमा उनको भूमिका ऐतिहासिक मानिन्छ।


विशेषगरी भ्रष्टाचार विरुद्धको महाअभियानमार्फत उनले देशभर नागरिकलाई एकजुट बनाउँदै सुशासनको आवाज बुलन्द बनाएकी छन्। अहिलेको चुनावलाई परिवर्तनको निर्णायक मोडको रूपमा लिँदै उनले रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन आफ्नो सम्पूर्ण शक्ति, समय र अनुभव समर्पित गरिरहनुभएको छ।


उनको नेतृत्वमा चलिरहेको चुनावी अभियानले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ भने जनतामा सकारात्मक आशा र उत्साहको लहर फैलिएको समर्थकहरू बताउँछन्। आगामी निर्वाचनमा सुशासन, पारदर्शिता र जनमुखी विकासको स्पष्ट एजेन्डासहित अघि बढेको यो अभियानले नयाँ राजनीतिक इतिहास रच्ने विश्वास गरिएको छ।


प्रतिक्रिया