चितवन–३ मा रास्वपाकी सोविता गौतम चुनावी मैदानमा— जनतामा लोकप्रिय

theoutsidenepal.com

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोविता गौतम प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन्। चितवनको राजनीतिमा सक्रिय र प्रभावशाली छवि बनाएकी गौतमलाई रास्वपाले आफ्नो प्रमुख उम्मेदवारका रूपमा अघि सारेको हो।


रास्वपाकी नेतृ गौतमको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालसँग हुने भएको छ। यस प्रतिस्पर्धालाई चितवन–३ को चुनावी मैदानमा निकै चासोका साथ हेरिएको छ।


भिजनरी (Visionary) नेतृका रूपमा चिनिने सोविता गौतम यसअघि पूर्व सांसदसमेत रहिसकेकी छन्। संसदमा रहँदा उनले सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको पक्षमा आवाज उठाउँदै आएकी थिइन्।


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावी प्रतिस्पर्धामा होमिएको छ। पार्टीले पुरानो राजनीतिक अभ्यासभन्दा फरक, नयाँ सोच र कार्यशैलीसहित जनताको विश्वास जित्ने दाबी गरेको छ।


चितवन–३ मा हुने यो चुनावलाई नयाँ र पुराना राजनीतिक शक्तिबीचको महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।


प्रतिक्रिया