परम्परा र सभ्यताको प्रतीक ‘गुन्द्री’ — उम्मेदवार चन्द्र भण्डारीको भावनात्मक सन्देश

theoutsidenepal.com

काठमाडौं । ग़ुल्मी–१ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत नेपाली परम्परा, संस्कृति र जीवनशैलीसँग जोडिएको ‘गुन्द्री’लाई स्मरण गर्दै भावनात्मक सन्देश सार्वजनिक गरेका छन्।


उनले “हाम्रो परम्परा र सभ्यतालाई थामेर राख्ने मौन साक्षी हो—गुन्द्री” भन्दै गुन्द्री केवल दैनिक जीवनको वस्तु मात्र नभई नेपाली समाजको पहिचान, इतिहास र सांस्कृतिक मूल्यको प्रतीक भएको उल्लेख गरेका छन्।


भण्डारीले आधुनिकताको भीडमा पनि मौलिक संस्कृति र परम्परालाई जोगाइराख्नुपर्नेमा जोड दिँदै ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र संस्कारको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।


उनको यो सन्देशलाई समर्थकहरूले सकारात्मक रूपमा लिँदै परम्पराप्रतिको सम्मान र सांस्कृतिक चेतनालाई उजागर गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया