झापा ५ : बालेन शाहको स्टाटसले लोकप्रियता उचाइमा, फागुन २१ को चुनावमा सबैको ध्यान केन्द्रित

theoutsidenepal.com

झापा । रास्वपा का वरिष्ठ नेता र पार्टीले प्रधानमन्त्रीका रूपमा अगाडि सारेको भीजनरी युवा उम्मेदवार बालेन शाहको सामाजिक सञ्जालमा शेयर गरिएको स्टाटस अहिले देशभरी भाइरल भएको छ।


उनले आफ्नो स्टाटसमा लेखेका छन्, “माया मात्रै रैछ देशभरी !! यसरिनै देशलाई माया गर्नु, देश बन्छ!”। सो स्टाटस पोस्ट भएको मात्र १५ मिनेटमै करिब ९०.८ हजार लाइक, १५.४ हजार कमेन्ट र १.१ हजार सेयर पुगेर उनको लोकप्रियतामा उल्लेखनीय वृद्धि भएको छ।


फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बालेन शाहको यस प्रकारको सामाजिक सञ्जाल सक्रियता र जनसमर्थनले झापा ५ बाट उनको विजयी हुने सम्भावना अझ बलियो बनाएको विश्लेषकहरूले बताएका छन्।


अहिले देशभरि मतदाताको नजर फागुन २१ को चुनावमा केन्द्रित भएको छ भने बालेन शाहको अभियानले युवा वर्ग र आम मतदाताबीच उच्च उत्साह सिर्जना गरेको देखिन्छ।


उनको यो लोकप्रियता र सामाजिक सञ्जाल प्रभावले आगामी निर्वाचनमा प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया