विपत्तिमा ज्यान गुमाउनेप्रति वरिष्ठ समाजसेवी सुजाता गौतमको भावपूर्ण श्रद्धाञ्जली

theoutsidenepal.com

विपत्तिमा ज्यान गुमाउनेप्रति वरिष्ठ समाजसेवी सुजाता गौतमको भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षतिप्रति वरिष्ठ समाजसेवी सुजाता गौतमले गहिरो दुःख व्यक्त गरेकी छन्।

विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गौतमले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेकी छन्।

गौतमले विपत्तिका कारण परिवारका सदस्य, आफन्त र प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा सबैलाई धैर्य धारण गर्न आग्रह गरेकी छन्।

उनको सन्देशमा प्राकृतिक विपत्तिले निम्त्याएको पीडाप्रति गहिरो संवेदना, मानवीय एकता र प्रभावित परिवारप्रतिको साथको भावना झल्किएको छ।

समाजसेवामा निरन्तर सक्रिय गौतमले विपत्तिको समयमा पीडित परिवारलाई सहयोग र सहानुभूति आवश्यक रहेको बताउँदै सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नसमेत आह्वान गरेकी छन्।

“विपत्तिमा परी ज्यान गुमाउनु हुने सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना।”
— वरिष्ठ समाजसेवी सुजाता गौतम


प्रतिक्रिया