प्रधानमन्त्री बालेन शाह आज न्यूयोर्क जाँदै, असोज ८ गते महासभालाई सम्बोधन गर्ने

theoutsidenepal.com

प्रधानमन्त्री बालेन शाह आज न्यूयोर्क जाँदै, असोज ८ गते महासभालाई सम्बोधन गर्ने

६ असोज २०८३ । द टन न्युज । काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको General Debate लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। 

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ अर्थात् असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

द टन न्युज | TheTONnews
Accuracy, Balance and Credibility


प्रतिक्रिया