कांग्रेस नेतृ कमला हमालद्वारा बाँके–३ बाट युवा महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दाबी

theoutsidenepal.com

कांग्रेस नेतृ कमला हमालद्वारा बाँके–३ बाट युवा महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दाबी

द टन न्युज । बाँके ।

नेपाली कांग्रेसकी नेतृ कमला हमालले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. ३ बाट युवा महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी दाबी प्रस्तुत गरेकी छन्।

हमालले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टीका अग्रज नेताहरू, साथीहरू तथा बाँके क्षेत्र नं. ३ अन्तर्गतका गाउँपालिका सभापति, वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूसमक्ष सहयोग, समर्थन तथा अमूल्य मतका लागि आग्रह गरेकी हुन्।


उनले पार्टीप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता, सक्रियता र जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दाबी प्रस्तुत गरेको उल्लेख गरेकी छन्।

“यस महत्वपूर्ण यात्रामा यहाँहरूको साथ, सहयोग, शुभेच्छा तथा अमूल्य मतको अपेक्षा गर्दछु,” हमालले आफ्नो सन्देशमा भनेकी छन्। उनले आफूलाई प्राप्त हुने विश्वास र समर्थनले थप ऊर्जा तथा जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा मिल्ने बताएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टीको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था छ। 

कमला हमालको उम्मेदवारी दाबीले बाँके–३ मा युवा महिला सहभागिताको विषयलाई पनि महाधिवेशन प्रक्रियामा अगाडि ल्याएको छ।

प्रतिक्रिया