एउटा प्रश्नले बदल्यो करुणा राईको सोच, डिजिटल बिजनेसबाट नयाँ यात्राको सुरुवात

theoutsidenepal.com

एउटा प्रश्नले बदल्यो करुणा राईको सोच, डिजिटल बिजनेसबाट नयाँ यात्राको सुरुवात

द टन न्युज । काठमाडौं ।

समाजसेवी करुणा राईले आफ्नो जीवनमा आएको एउटा प्रश्नले सोच र यात्रामै नयाँ मोड ल्याएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै राईले नयाँ अवसरको खोजी गर्ने क्रममा डिजिटल बिजनेसबारे बुझ्ने अवसर पाएको उल्लेख गरेकी हुन्।

राईका अनुसार जीवनमा सबै कुरा ठीकठाक हुँदाहुँदै पनि कहिलेकाहीँ “अब आफ्नो लागि पनि केही गर्नुपर्छ कि?” भन्ने प्रश्न मनमा उठ्ने गर्छ। यही सोचबाट आफ्नो नयाँ यात्रा सुरु भएको उनको भनाइ छ।


नयाँ अवसरको खोजी गर्दै जाँदा सुरुमा डिजिटल बिजनेसको अवधारणा आफूलाई अपरिचित लागेको भए पनि विस्तारै बुझ्दै गएपछि यसलाई आफ्नो लागि पनि सम्भावनाको अवसरका रूपमा महसुस गरेको राईले बताएकी छन्।

हाल आफू सिक्ने र नयाँ सम्भावनाहरू खोज्ने चरणमा रहेको बताउँदै उनले यो यात्रा आफ्ना लागि केवल व्यवसायिक प्रयास मात्र नभई आफ्नो लागि फेरि नयाँ सपना देख्ने सुन्दर सुरुवात भएको उल्लेख गरेकी छन्।

राईको यो अभिव्यक्तिले व्यक्तिगत विकास, नयाँ अवसरको खोजी र आत्मनिर्भरतातर्फ अघि बढ्ने उनको सोचलाई प्रतिबिम्बित गरेको छ।


प्रतिक्रिया