काठमाडौं — रास्वपाका वरिष्ठ नेता एवं झापा क्षेत्र नं ५ का लोकप्रिय उम्मेदवार बालेन शाहकी श्रीमती सबिना काफ्ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नयाँ पोस्टपछि चर्चामा आएकी छिन्। आकर्षक र सौम्य लुक्समा देखिएकी काफ्लेले जीवनका संघर्ष, धैर्य र सकारात्मक सोचको महत्व झल्काउने भावुक सन्देश सेयर गरेकी हुन्।
काफ्लेले आफ्नो पोस्टमा लेखेकी छन्, “जे कहिले समस्या जस्तो लाग्थ्यो, आज त्यही नै सबैभन्दा राम्रो नतिजा बनेको छ। त्यसैले हामी धैर्य राखौँ र प्रक्रियामा विश्वास गरौँ।”
उनको यो सन्देशलाई धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्। जीवनमा आउने चुनौतीहरूलाई धैर्यपूर्वक सामना गर्नुपर्ने सन्देश दिएको भन्दै समर्थकहरूले काफ्लेको सोच र अभिव्यक्तिको खुलेर प्रशंसा गरेका छन्।
विशेषगरी युवापुस्तामाझ काफ्लेको सन्देशले सकारात्मक सोच, आत्मविश्वास र कठिन परिस्थितिमा पनि आशा नछोड्नुपर्ने प्रेरणा दिएको प्रतिक्रिया आएको छ। पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र चर्चा भइरहेको छ।