कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चन्दा अधिकारीद्वारा जनसम्पर्क समितिका साथीहरूप्रति आभार व्यक्त

theoutsidenepal.com

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चन्दा अधिकारीद्वारा जनसम्पर्क समितिका साथीहरूप्रति आभार व्यक्त

द टन न्युज ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चन्दा अधिकारीले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश तथा विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका अग्रज, साथीभाइ तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै अधिकारीले आफ्नो जितलाई व्यक्तिगत सफलताभन्दा पनि सबैको साझा उपलब्धिका रूपमा व्याख्या गरेकी छन्।


विशेषगरी विदेशमा रहेर पनि नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनलाई निरन्तर साथ दिँदै आएका नेपाली जनसम्पर्क समितिका सदस्यहरूप्रति उनले विशेष सम्मान र कृतज्ञता प्रकट गरेकी छन्।

आफूमाथि गरिएको विश्वासलाई थप जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै अधिकारीले पार्टी, लोकतन्त्र, महिला सशक्तीकरण तथा प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ काम गर्ने प्रयास गर्ने बताएकी छन्।

उनले आफ्नो निर्वाचनलाई सबैको साझा जित भन्दै आगामी दिनमा पनि अग्रज, साथीभाइ तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अधिकारीको निर्वाचितसँगै पार्टीको संगठन सुदृढीकरण, महिला सहभागिता अभिवृद्धि तथा प्रवासी नेपालीका मुद्दालाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया