चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत चितवन–२ मा चुनावी अभियानका क्रममा रास्वपाका नेता रवि लामिछानेसँग जोडिएको एक भावुक दृश्य सार्वजनिक भएको छ। घरदैलो अभियानका क्रममा एक बुढीआमाले उनलाई अंगालो हाल्दै आँखाभरि आँसु झारेकी थिइन्।
प्रत्यक्षदर्शीका अनुसार ती बुढीआमाले “बाबुलाई दुःख दिए” भन्दै निराशा व्यक्त गरेकी थिइन्। त्यस क्रममा लामिछानेले “केही छैन आमा… हामी सत्यको पक्षमै छौँ” भन्दै सान्त्वना दिएका थिए। उक्त भावुक क्षणको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
चितवन–२ मा लामिछानेको चुनावी अभियान तीव्र बनेको छ भने युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको समर्थकहरूले दाबी गरेका छन्। स्थानीय स्तरमा उनको क्रेज बढ्दो रहेको र चुनावी माहोल थप तातेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा चितवन–२ मा विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा चर्किँदै गएको छ भने भावनात्मक भेटघाट र जनसम्पर्क कार्यक्रमहरूले चुनावी माहोललाई थप सक्रिय बनाइरहेका छन्।