मिना कुमारी खरेलको प्रमुख आतिथ्यमा भरतपुर–२ मा कांग्रेसको चुनाव प्रचार कार्यालय उद्घाटन

theoutsidenepal.com

चितवन ।आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलको प्रमुख आतिथ्यमा भरतपुर महानगरपालिका वडा नं. २ मा चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम आयोजना गरिने भएको छ।


नेपाली कांग्रेस भरतपुर वडा नं. २ ले आयोजना गरेको उक्त कार्यक्रम २०८२ माघ २३ गते शुक्रबार बिहान ११ बजे भरतपुर–२ क्षेत्रपुर स्थित उज्यालो चोक (सन सिटी पार्टी प्यालेससँगै) सञ्चालन हुने जनाइएको छ। निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउन र स्थानीय स्तरमा संगठन सुदृढ गर्ने उद्देश्यले कार्यालय उद्घाटन कार्यक्रम तय गरिएको हो।


आयोजक पक्षले नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा सक्रिय नेता–कार्यकर्ता, शुभेच्छुक, प्रजातन्त्रप्रेमी नागरिक तथा वडा नं. २ भित्र बसोबास गर्ने सबै महानुभावलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।


आगामी निर्वाचन नजिकिँदै जाँदा चितवन–२ मा दलहरूबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने उम्मेदवारहरूले आफ्ना एजेन्डा र कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्।


प्रतिक्रिया