भोटेकोशी बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष मनोज श्रेष्ठको १ लाख ५ हजार सहयोग

theoutsidenepal.com

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष मनोज श्रेष्ठको १ लाख ५ हजार सहयोग

द टन न्युज । विशेष रिपोर्ट

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गरेको रु. ५ करोडको राहत कोषमा सहयोग जुटाउने अभियान जारी रहेको छ।

यसै अभियानअन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष मनोज कुमार श्रेष्ठले रु. १ लाख ५ हजार सहयोग गरेका छन्।

विपद्को यस कठिन घडीमा बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले श्रेष्ठले उक्त रकम राहत कोषमा योगदान गरेका हुन्। उनको यो सहयोगले मानवीय सेवाप्रतिको प्रतिबद्धता र विपद्मा प्रभावित नागरिकप्रतिको ऐक्यबद्धता प्रस्तुत गरेको छ।

एनआरएनएले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि विश्वभर रहेका नेपाली तथा संघका पदाधिकारी, सदस्य र अभियन्ताहरूलाई सहयोगका लागि आह्वान गर्दै आएको छ।

एनआरएनएले राहत कोषमा सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा अभियन्ताहरूलाई धन्यवाद दिँदै बाँकी रहेका पदाधिकारीहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोगको प्रतिबद्धता जनाई मानवीय सेवाको यस अभियानमा साथ दिन आग्रह गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडामा मल्हम लगाउन सञ्चालन गरिएको यस अभियानमा श्रेष्ठको रु. १ लाख ५ हजार सहयोगले पनि राहत तथा पुनःस्थापनाको प्रयासमा योगदान पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया