मध्यपूर्वको मिडलिस्टका हिरो रमेश श्रेष्ठ : सहयात्रा–२०२६ का प्लाटिनियम स्पोन्सर बनेर देखाए संस्थाप्रतिको अभिभावकीय जिम्मेवारी
द टन न्युज । काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियान, संस्थागत एकता र मध्यपूर्वमा नेपाली समुदायको हितका लागि निरन्तर सक्रिय रहँदै आएका एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजक तथा मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठ नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ का प्लाटिनियम स्पोन्सर बनेका छन्।
संस्थाप्रतिको प्रतिबद्धता भाषणमा मात्र होइन, व्यवहार र योगदानमा पनि देखिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै श्रेष्ठले सम्मेलनलाई सफल, भव्य र ऐतिहासिक बनाउन महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरेका छन्।
मध्यपूर्वमा नेपाली श्रमिक, व्यवसायी र प्रवासी नेपाली समुदायका सवाललाई नजिकबाट बुझ्दै आएका श्रेष्ठलाई एनआरएनए अभियानका सक्रिय र जिम्मेवार अभियन्ताका रूपमा हेरिन्छ। क्षेत्रीय संयोजकको जिम्मेवारीसँगै सम्मेलनको मूल आयोजक समितिको नेतृत्व गरिरहेका उनले आफैँ प्लाटिनियम स्पोन्सरका रूपमा समेत साथ दिनुले उनको संस्थाप्रतिको आत्मीयता र जिम्मेवारीबोधलाई थप उजागर गरेको छ।
नेतृत्व भनेको पदमा बस्नु मात्र होइन, आवश्यक पर्दा आफैँ अघि सरेर जिम्मेवारी बहन गर्नु पनि हो। श्रेष्ठको यो योगदानलाई त्यसैको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।
‘सहयात्रा–२०२६’ केवल औपचारिक सम्मेलन मात्र नभई मध्यपूर्वमा रहेका नेपालीहरूको साझा आवाज, सुरक्षित श्रम आप्रवासन, श्रमिक अधिकार, सामाजिक सुरक्षा, लगानी, उद्यमशीलता र समृद्ध भविष्यका विषयमा सामूहिक बहस गर्ने महत्वपूर्ण मञ्चका रूपमा अघि बढिरहेको छ।
यस्तो महत्वपूर्ण अभियानमा श्रेष्ठको आर्थिक तथा संस्थागत सहयोगले सम्मेलनको तयारीलाई थप बल पुर्याउनुका साथै अन्य अभियन्ता, व्यवसायी र सामाजिक व्यक्तित्वलाई पनि सहकार्य र योगदानका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
मध्यपूर्वमा एनआरएनए अभियानलाई थप सशक्त, एकताबद्ध र परिणाममुखी बनाउने यात्रामा रमेश श्रेष्ठको सक्रियता आगामी पुस्ताका लागि पनि प्रेरणादायी बन्न सक्छ।
मध्यपूर्वको माटोसँग जोडिएको आत्मीयता, संस्थाप्रतिको निष्ठा र जिम्मेवारी बहन गर्ने शैलीका कारण रमेश श्रेष्ठलाई ‘मिडलिस्टको हिरो’ का रूपमा चित्रण गर्न सकिन्छ।
द टन न्युज परिवार तथा सम्मेलन आयोजक परिवार श्रेष्ठप्रति हार्दिक धन्यवाद, सम्मान र कृतज्ञता व्यक्त गर्दछ।
सहयोगका लागि धन्यवाद रमेश श्रेष्ठज्यू! सहयात्रा–२०२६ को सफलताका लागि यहाँको योगदान सदैव स्मरणीय रहनेछ।