रवि लामिछाने भारतको धार्मिक भ्रमणमा जाने, तीन दिन निजी तथा पारिवारिक तीर्थयात्रा गर्ने
द टन न्युज | विशेष समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको धार्मिक तथा पारिवारिक तीर्थयात्रामा जाने भएका छन्। सभापति लामिछानेले २०८३ कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत भ्रमण गर्ने जानकारी उनको निजी सचिवालयले दिएको छ।
सभापति लामिछानेले उक्त भ्रमणका क्रममा भारतका विभिन्न धार्मिक स्थलमा पुगेर परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार भ्रमणका क्रममा उनी धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पुग्नेछन्। त्यहाँ उनले परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरेपछि लामिछाने स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ।
रास्वपा सभापति लामिछानेको निजी सचिवालयले २०८३ कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैलाई भ्रमणबारे जानकारी गराएको हो।
द टन न्युज विशेष टिप्पणी: राजनीतिक गतिविधिबीच सभापति लामिछानेको यो भ्रमणलाई निजी तथा पारिवारिक धार्मिक यात्राका रूपमा प्रस्तुत गरिएको छ। भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा अन्य कार्यक्रमसमेत हुनेबारे विज्ञप्तिमा उल्लेख गरिएको छैन।