रामेछाप — आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनलाई लक्षित गर्दै रामेछापका उम्मेदवार विरेन्द्र श्रेष्ठ ले विकासका लागि भाषण होइन, प्रणाली परिवर्तन आवश्यक रहेको स्पष्ट धारणा सार्वजनिक गरेका छन्। प्रगतिशिल लोकतान्त्रीक पार्टीका नेतासमेत रहेका श्रेष्ठले डिजिटल पारदर्शिता, खुला बजेट र जनताप्रति जवाफदेहितालाई समृद्धिको आधारका रूपमा अघि सारेका छन्।
उनका अनुसार सेवा लिनका लागि लाइन बस्ने पुरानो संस्कार अन्त्य गर्दै सहज पहुँच सुनिश्चित गर्नुपर्छ। “समावेशी समाज तब बन्छ, जब कोही पछाडि पर्दैन,” भन्ने सन्देशसहित उनले अधिकार, अवसर र पहुँच सबैका लागि बराबरी हुनुपर्नेमा जोड दिएका छन्।
युवा लक्षित एजेन्डामा उनले वैदेशिक पलायन रोक्न स्थानीयस्तरमै सीप, उद्यम र उत्पादनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। “रामेछापसँग माटो छ, मानिस छन्, संस्कृति छ—जरुरी छ स्पष्ट दृष्टि, इमान्दार प्रयास र निरन्तर काम,” भन्दै उनले स्थानीय सम्भावनालाई नै भविष्यको शक्ति बनाउनुपर्ने धारणा राखेका छन्।
चुनावी अभियानका क्रममा गाउँ–गाउँमा बढ्दो जनसहभागिता र समर्थन देखिँदा श्रेष्ठलाई यसपटक “जित्नैपर्ने उम्मेदवार”का रूपमा हेरिएको समर्थकहरूको भनाइ छ। उनले आगामी निर्वाचनमा ‘ऑखा’ चिन्हमा मतदान गरी सेवा गर्ने अवसर दिन मतदातासँग अपिल गरेका छन्।
रामेछापको विकासलाई व्यवहारिक र प्रणालीगत सुधारमार्फत अघि बढाउने प्रतिबद्धतासहित विरेन्द्र श्रेष्ठको उम्मेदवारीले जिल्लाको राजनीतिक समीकरणमा नयाँ उत्साह थपेको विश्लेषण गरिएको छ।