पूर्ण ओली युएईको टन मिडिया प्रमुख नियुक्त — हार्दिक बधाई तथा शुभकामना
संयुक्त अरब इमिरेट्स (युएई) स्थित टन मिडियाको प्रमुखको महत्वपूर्ण जिम्मेवारीमा पूर्ण ओली नियुक्त हुनुभएको छ। मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका ओलीको यस नियुक्तिले टन मिडियालाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उहाँको नेतृत्वमा टन मिडियाले युएईसहित अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायका आवाज, मुद्दा र गतिविधिलाई अझ सशक्त रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ। मिडिया व्यवस्थापन, संचार रणनीति र समाचार सम्प्रेषणमा उहाँको अनुभवले संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
पूर्ण ओलीलाई यस महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।