सिन्धुपाल्चोक–१ को क्षेत्रीय सभापतिमा निर्वाचित सगुन श्रेष्ठद्वारा आभार व्यक्त
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, सिन्धुपाल्चोकको क्षेत्रीय सभापतिमा निर्वाचित सगुन श्रेष्ठले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा तथा पालिका सभापति एवं कांग्रेसका नेता–कार्यकर्ताप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
क्षेत्रीय सभापतिको जिम्मेवारी पाएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै आफूले प्राप्त गरेको विश्वासलाई जिम्मेवारी र प्रतिबद्धताको शक्तिका रूपमा लिएको बताएका छन्।
उनले व्यक्तिभन्दा पार्टी, गुटभन्दा संगठन र व्यक्तिगत स्वार्थभन्दा कांग्रेसको हितलाई प्राथमिकतामा राख्दै विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार संगठनलाई एकताबद्ध, सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
श्रेष्ठले अग्रजको अनुभव, युवाको ऊर्जा र सबैको सहकार्यबाट बलियो कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा सबैको साथ, सुझाव र मार्गदर्शनको निरन्तर अपेक्षा गरेको बताएका छन्।
क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि श्रेष्ठले कांग्रेस संगठनलाई थप व्यवस्थित र गतिशील बनाउँदै पार्टीको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सगुन श्रेष्ठ
क्षेत्रीय सभापति
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, सिन्धुपाल्चोक