काठमाडौं । नेकपा एमालेका नेता डा. अबुल हुसेन अन्सारीले झापा–५ मा ‘बा’लाई विजयी गराउने जिम्मा अब युवाको काँधमा आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जसरी पनि जिताउने संकल्प युवाले लिनुपर्ने उल्लेख गरेका छन्।
अन्सारीले ‘बा’को झापा यात्रालाई शुभकामना दिँदै आज दिउँसो ३ बजे यति एयरलाइन्समार्फत झापा पुग्ने जानकारीसमेत साझा गरेका छन्। उनले चुनावी अभियानमा युवाको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन्।
उनको स्टाटस सार्वजनिक भएसँगै झापा–५ को चुनावी माहोल थप तातेको देखिएको छ। विभिन्न नेता तथा समर्थकहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया जनाइरहेका छन्।
06 February 2026