कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रमेश ताम्राकारद्वारा मत माग्दै विजयी गराउन अपिल
कैलाली । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका कैलालीका नेता रमेश ताम्राकारले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै आफूलाई विजयी गराउन अपिल गरेका छन्।
महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला ताम्राकारले आज विभिन्न प्रतिनिधिहरूसँग भेटघाट तथा संवाद गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले निर्वाचनको क्रममा आफू मत माग्न सक्रिय रहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अनुरोध गरेका छन्।
ताम्राकारले कांग्रेसको संगठन सुदृढीकरण, कार्यकर्ताको भावना र पार्टीको आगामी राजनीतिक दिशालाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।
उनको उम्मेदवारीसँगै कैलालीबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि भइरहेको प्रयासलाई पनि कांग्रेसको १५औँ महाधिवेशनमा चासोका साथ हेरिएको छ।
द टन न्युज । विशेष रिपोर्ट