चितवन–३ मा परिवर्तनको हुंकार सोबिता गौतम: पुरानो राजनीतिलाई चुनौती दिँदै नयाँ आशाको उदय

theoutsidenepal.com

चितवन–३ अहिले केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक परिवर्तनको केन्द्रबिन्दु बन्दै गएको छ। दशकौँदेखि दोहोरिँदै आएको पुरानो राजनीतिक अभ्यास, उही अनुहार र उही भाषणबाट आजित बनेका मतदातामाझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतम नयाँ आशा, नयाँ सोच र नयाँ संस्कृतिको प्रतीकका रूपमा उभिएकी छन्।

 संसद्‌मा देखिएको निर्भीक आवाज

संसद्‌मा पुगेपछि सोबिता गौतमले आफू केवल ‘उपस्थित हुने सांसद’ नभई प्रश्न गर्ने, खबरदारी गर्ने र सरकारलाई जवाफदेही बनाउने सांसद को रूपमा स्थापित गरेकी छन्।भिजिट भिसा दुरुपयोग, मानव तस्करी, सुशासन, बेरोजगारी र युवाको भविष्य जस्ता संवेदनशील विषयमा उनले देखाएको स्पष्ट र निर्भीक अडानले उनलाई राष्ट्रिय राजनीतिमा अलग पहिचान दिलाएको छ।

 चितवन–३ का मुद्दा र सोबिताको प्रतिबद्धता

चितवन–३ का मतदाताले आज ठूला भाषण होइन, ठोस काम खोजिरहेका छन्।

सोबिता गौतमले यही यथार्थलाई आत्मसात गर्दै—

स्थानीय सडक, खानेपानी र स्वास्थ्य सेवाको सुधार

युवालाई रोजगारी र उद्यमशीलतामा जोड

शिक्षा र सीपमूलक तालिमलाई प्राथमिकता

राजनीतिक पहुँचका कारण मात्र हुने विकासको अन्त्य

जस्ता मुद्दालाई चुनावी एजेन्डाको केन्द्रमा राखेकी छन्।

कडा प्रतिस्पर्धा, तर बढ्दो जनसमर्थन

चितवन–३ मा अनुभवी र स्थापित राजनीतिक शक्तिसँग उनको प्रत्यक्ष प्रतिस्पर्धा छ। तर, घरदैलो अभियान, चोक–चोकमा संवाद र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्पर्क ले सोबिताप्रति आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। विशेषगरी युवा, महिला र परिवर्तन चाहने मतदाता वर्ग उनको प्रमुख आधार बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

“व्यक्ति होइन, प्रणाली बदल्ने चुनाव”

सोबिता गौतम स्वयं भन्छिन्—“यो चुनाव कुनै व्यक्ति जित्ने वा हार्ने मात्र होइन, यो पुरानो शैलीको राजनीति बदल्ने जनमत संग्रह हो।”

यही सन्देशले चितवन–३ मा चुनावी माहोललाई अझ रोचक र निर्णायक बनाएको छ। चितवन–३ मा योपटकको निर्वाचन पुरानो अनुभव बनाम नयाँ दृष्टिकोण बीचको टक्करका रूपमा हेरिँदैछ। यदि मतदाताले सचेत निर्णय गरे, परिवर्तनलाई मत दिए भने सोबिता गौतम केवल उम्मेदवार होइन, चितवन–३ बाट उदाउने नयाँ राजनीतिक युगको प्रतिनिधि बन्न सक्ने सम्भावना बलियो देखिन्छ।

🔔 सोच बदलौँ, भोट बदलौँ। जनताको आवाज संसदसम्म जय घण्टी!

प्रतिक्रिया