चितवन–२ — नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेललाई भरतपुर–३ का जेन जी बैनीले शुभकामना व्यक्त गरेका छन्। मिना खरेलले विगतमा महिलाहरूका समस्याहरूको बेलिबिस्तार सुनेर समाधानका लागि निरन्तर काम गर्दै आएकी छन्।
जेन जी बैनीले बताएअनुसार, खरेलको समाजप्रति योगदान र महिलाहरूको हकहितमा गरेको सक्रिय भूमिका देखेर कांग्रेसले उनलाई उम्मेदवारी दिएको हो। घरदैलो र मतदाता भेटघाटमा महिलाहरूले खरेलको जीवनभर महिलाका लागि गरेको योगदान सम्झँदै समर्थन प्रकट गरेका छन्।
बिहानदेखि साँझसम्म महिलाहरूको उत्साह र समर्थन देख्दा उम्मेदवार मिना खरेलको जीत सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ। उनका शुभचिन्तकहरूले भन्नुभएको छ, “सत्कर्म गर, फलको आशा नगर” भन्ने सिद्धान्तका साथ मिना खरेलले अब संसदमा महिलाका हकहितका लागि कानुन निर्माण गर्ने अवसर पाउने छन्।